Rule 5
बजार संरक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएदेखि बाहेक बजार संरक्षण अधिकृतको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्दा स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही भए नभएको सम्बन्धमा सम्बन्धित ठाउँको निरीक्षण गर्ने,
(ख) अनुसन्धान तथा तहकिकातको सिलसिलामा सम्बन्धित व्यक्ति वा प्रतिष्ठानसँग सोधपुछ गर्ने वा बयान लिने,
(ग) निरीक्षणबाट कुनै व्यक्ति वा प्रतिष्ठानलाई कारबाही गर्न आवश्यक भएमा सो गर्ने,
(घ) कुनै ठाउँको खानतलासी गर्दा स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही भएको पाइएमा त्यस्तो काम कारबाहीमा प्रयोग भएको वस्तु कब्जामा लिने ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम निरीक्षण गर्दा उपभोक्ता वा बजार संरक्षण क्षेत्रमा काम गर्ने कुनै संघ संस्थाको सहयोग लिन सक्नेछ।